नातिनी बलात्कार गर्ने बृद्ध पक्राउ - Pahilo Online

नातिनी बलात्कार गर्ने बृद्ध पक्राउ

writer

पहिलो अनलाइन

पाँचथर । आफ्नै नाबालिका नातिनीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पाँचथरबाट ५८ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचथरको याङवरक गाउँपालिका ६ का ५८ वर्षीय बृद्धले आफ्नै नातिनीलाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका बुबा बैदेशिक रोजगारमा गएको र आमाले दोस्रो विवाह गरेर बालिकालाई छोडेपछि उनी हजुबुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । ती बृद्धले नातिनीलाई पुस १ गतेदेखि पटक–पटक बलात्कार गरेको खुलेपछि पक्राउ गरेको पाँचथरका प्रहरी प्रमुख बामदेव गौतमले बताउनुभयो ।

बालिकाका बुबा १० वर्षदेखि बैदेशिक रोजगारीका छन् । हजुरबाबाट बलात्कृत ती बालिकाका विषयमा सूचना प्राप्त भएपछि निजलाई पक्राउ गरेर बालिकाको उद्धार गरी उपचार शुरु गरिएको छ । बालिककालाई सुरक्षित आवासगृहमा राखिएको छ ।

आरोपित हजुरबुबालाई पाँचथर जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको चैत्र सम्ममा पाँचथरमा १० वटा जवरजस्ती करणी र २ वटा बाल यौन दुराचारका घटना भएको तथ्याङ्क छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes