मञ्जुल मितेरीको ‘आज मेरो साथीले’ सार्वजनिक (भिडियो सहित) - Pahilo Online

मञ्जुल मितेरीको ‘आज मेरो साथीले’ सार्वजनिक (भिडियो सहित)

writer

पहिलो अनलाइन

उर्लाबारी । मोरङ उर्लाबारीका मुर्तिकार मञ्जुल मितेरीको स्वरमा रहेको ‘आज मेरो साथीले’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक मितेरीकै शब्द अनि संगीतमा रहेको उक्त गीत सोमबार सार्वजनिक गरिएको हो । पछिल्लो समय जापानमा बस्दै आएका उनले नेपाल आएको अवसर पारेर गीतको स्टुडियो भिडियो छायाकंन गराएका हुन् । इटहरीको कोशी भिजनमा छायाकंन गरिएकोे भिडियोमा गायक मन्जुललाई गीत गाउँदै गरेको भेटिन्छ ।

विदेशी भूमीमा पसिनाको धारा बगाईरहेका तमाम नेपालीका दुःख, वेदनालाई आत्मसाथ गर्दै आफू नेपाल रहदाँ नै गीतको रचना गरेको मितेरीले बताए ।

देशभक्तिले ओतप्रोत गीतमा विदेशमा रहेका नेपालीलाई स्वदेशमा पनि पसिना बगाए मोती फुलाउन सकिने प्रेरणा दिएका छन् । विश्वका जुनसुकै देशमा पुगेपनि नेपालीलाई आफ्नो देश नेपाल नै प्यारो लाग्ने भाव गीतमा रहेको छ ।

विगत २ वर्षदेखी जापानमा रहेर विश्वकै ठूलो बुद्धको मुर्ति निर्माणमा जुटिरहेका मितेरी मूर्तिकलासँगै साहित्यमा पनि सक्रिय छन् । उनले अर्काको देशमा पुस्तकसमेत प्रकाशन गरिसकेका छन् ।

https://www.youtube.com/watch?time_continue=1&v=6F6fUu50RVQ

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes