‘स्काउट अब राजनीति हस्तक्षेप मुक्त’ - Pahilo Online

‘स्काउट अब राजनीति हस्तक्षेप मुक्त’

स्काउटको ऐन जतिसक्दो चाँडो संशोधन गरेर संघीय संरचनाअनुसार स्काउट पदाधिकारीको निर्वाचनको बाटो खोल्नुपर्नेमा मन्त्रीसमक्ष जोड

writer

पहिलो अनलाइन

काठमाडौं । नेपाल स्काउटका प्रमुख स्काउट एवम् युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाल स्काउट अब राजनीतिबाट मुक्त हुनुपर्ने बताउनु भएको छ । स्काउटको संगठन गैरराजनैतिक, सामाजिक उद्देश्य बोकेको विशुद्ध शैक्षिक अभियान भएकोले सोही अनूरुप राजनीति हस्तक्षेपबाट मुक्त हुनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा मंगलबार आयोजित छलफल कार्यक्रममा अधिकाँश वरिष्ठ स्काउट गुरु एवम् पदाधिकारीहरुले नेपाल स्काउट पछिल्लो समयमा राजनीति हस्तक्षेपबाट मुक्त हुन नसकेको गुनासो गरेपछि प्रमुख स्काउटको हैसियतमा मन्त्री विश्वकर्माले सो कुरा बताउनु भएको हो ।

प्रमुख स्काउट विश्वकर्माले नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा शपथ लिनुभएको थियो । उहाँलाई नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले नेपाल स्काउटको स्कार्फ लगाइदिनुभयो ।

नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा दिक्षा लिएपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले स्काउट संगठन यसको विशुद्ध उद्धेश्य र मर्म अनूरुप चल्न जरुरी रहेको कुरामा जोड दिनुभयो ।

देशको विकास, समृद्धि र सुशासनको लागि वर्तमान प्रधानमन्त्री लागि पर्नुभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले विगतको जस्तो कुनैपनि क्षेत्रमा अस्थिरता र अन्यौलता नहुने पनि स्पष्ट पार्नुभयो ।

नेपाल स्काउटको तेस्रो राष्ट्रिय ज्याम्बोरी (वृहत स्काउट भेला) सकभर जेठको पहिलो साता गर्न उपयुक्त हुने गरि कार्यक्रम तय गर्न पनि नेपाल स्काउटका पदाधिकारीलाई उहाँले सुझाव दिनुभयो ।

त्यस अवसरमा युवा तथा खेलकूदमन्त्रालयका सचिव महेश दाहालले विगतको तुलनामा नेपाल स्काउटको नाम र प्रतिष्ठामाकमी आएकोप्रति चिन्ता व्यक्त गर्दै यसको शाखलाई उँचो राख्न सबै स्काउटहरु लाग्नुपर्ने बताउनुभयो ।

प्राकृतिक विपत्तिमा उद्धारको लागि अघि बढ्ने हातहरु सबैभन्दा पहिला स्काउटहरुको हुनुपर्ने उल्लेख गर्दै सचिव दाहालले यसका लागि हरेक स्थानीय तहमा महिला र पुरुष स्काउटलाई उद्धारसम्वन्धि आवश्यक तालीम दिनुपर्ने बताउनु भयो ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले नेपाल स्काउटको विगतदेखि वर्तमानसम्मका विवरण प्रस्तुत गर्दै आफुसहितको समिति नेपाल स्काउटमा दिगो विकास, सुशासन र राजनीतिमुक्त संगठन बनाउन निर्वाचन गर्ने उद्धेश्यले आएको प्रष्ट पार्नुभयो।

सो अवसरमा नेपाल स्काउटका पुर्वप्रमुख आयुक्त श्रीराम लामिछाने, वरिस्ठ स्काउट गुरु प्रा.गोविन्द नारायण ज्या–पू, राष्ट्रिय तदर्थ समितिका सल्लाहकार डा.रविन्द्रप्रसाद पाण्डे, सदस्य रामकुमार भण्डारी, पार्वती गिरी, स्काउट गुरु हरि बहादुर श्रेष्ठ, तरुण रञ्जन दत्तलगायतले नेपाल स्काउटलाई राजनीतिबाट मुक्त राख्न सरकारी तवरमा आवश्यक पहल गर्नुपर्ने माग राख्नुभएको थियो ।

उनीहरुले नेपाल स्काउटको ऐन जतिसक्दो चाँडो संशोधन गरेर संघीय संरचनाअनुसार स्काउट पदाधिकारीको निर्वाचनको बाटो खोल्नुपर्नेमा मन्त्रीसमक्ष जोड दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes