उत्कृष्ट बिद्यार्थीलाई छात्रबृति - Pahilo Online

उत्कृष्ट बिद्यार्थीलाई छात्रबृति

writer

पहिलो अनलाइन

बेलबारी । मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा सञ्चालक परिषदको एघारौं बैठकको कार्यक्रममा वार्षिक बजेट प्रतिवेदन प्रस्तुत तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले क्याम्पसको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक अनुमानित कूल आम्दानी–खर्च १२ करोड ३३ लाख ४६ हजार २ सय ५१ रुपैयाँ ७३ पैसा बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा लेखा समितिका सदस्य दुर्र्गाप्रसाद गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न कक्षा र तहमा अध्ययन गर्ने लगभग १ सय ४१ जना उत्कृष्ट विद्यार्थीहरुलाई कुल ८ लाख ३५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको क्याम्पसले जनाएको छ ।

छात्रवृत्तिको रकम अक्षयकोष दाता, संघसंस्था, क्याम्पस कोष लगायत अन्य स्रोत तथा माध्यमबाट उपलब्ध भई वितरण गरिएको थियो । मोरङ क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्याम्पसका निर्वतमान प्रमुख पीतकुमामर श्रेष्ठ, सेवानिवृत उपप्राध्यापक अमृतप्रसाद आचार्य र विनोद भट्टराईको विदाई गरिएको थियो ।

यस्तै क्याम्पसलाई ३ लाख ५० हजार रुपैयाँ बराबरको पुस्तक प्रदान गर्ने क्याम्पसका पूर्व प्राध्यापक तथा साहित्यकार प्राज्ञ उपेन्द्र पागललाई सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes