विद्यालयलाई पूर्वविद्यार्थीको सहयोग - Pahilo Online

विद्यालयलाई पूर्वविद्यार्थीको सहयोग

writer

पहिलो अनलाइन

धनकुटा । धनकुटाको साविक चुङ्वाङ्ग गाँउ विकास समिति हाल पाख्रिवास नगरपालिका १० स्थित भारती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक विकासमा सहयोग गरेका छन् ।

विद्यालयमा शिक्षा लिई हाल स्वदेश तथा विदेशमा रोजगारीका सिलसिलामा रहनुभएका पूर्व विद्यार्थीहरुले ३ लाख १५ हजार रुपैयाँ बरावरको शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

विद्यालयलाई शैक्षिक सहयोग उपलव्ध गराउनका लागि मुख्य संयोजन गर्नुभएको साविक चुङ्वाङ्ग हाल पाख्रिवास नगरपालिका १० निवासी शसस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक गणेश ठाडाले सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । मगरले आफूले शिक्षा लिएको विद्यालयलाई केही सहयोग गरौ र समय सुहाँउदो शिक्षा अहिलेका विद्यार्थीहरुले लिन सकुन् भन्ने उद्देश्यले शैक्षिक सामाग्री उपलव्ध गराएको बताउनुभयो ।

विद्यालयलाई कम्प्यूटर, विभिन्न पुस्तक एवं पाठ्य सामाग्री, खेलकुदका सामाग्री, साउण्ड सिस्टम, बालवालिकाहरुका लागि वाल सामाग्री खेलौनालगायत शैक्षिक सामाग्री प्रदान गरिएको छ । शैक्षिक सामाग्री प्राप्त भएपछि विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुगेको प्रधानाध्यापक विष्णु धमलाले बताउनुभयो ।

सहयोग गर्नेहरुमा सिमाना आले, धनबहादुर ठाडा मगर, तारक किशोर थापा, हिमाल थापा, मिना राई, उमेश आले यूके, मम्तास मोक्तान, अम्तास मोक्तान बेल्जियम, गोपाल राना, संगिता राना जयकुमारी (जर्घा)लगायत छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes