विराट गोल्डकपका लागि ३५ लाखको फ्लडलाइट - Pahilo Online

विराट गोल्डकपका लागि ३५ लाखको फ्लडलाइट

writer

पहिलो अनलाइन

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर फल्डलाइट जडान गरिएको छ ।

दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता हुने भएपछि त्यसका लागि विराटनगरको सहिद रंगशालामा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरिएको हो । गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार मोफसलमै पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता चैत १७ बाट २६ गते सम्म हुँदैछ । रिजालले रात्रिकालीन प्रतियोगिताका लागि आवश्यक पर्ने लाइट जडान गरेर त्यसको प्रकाश (फक्स) मिलाउने काम भइरहेको जानकारी दिनुभयो ।

छ वटा पोलमा लाइट जडान गरिएको छ । प्रत्येक पोलमा कम्तीमा २० वटा वत्ती छन् । ‘रातको समयमा खेल हुने भएका कारण रातिलाई पर्याप्त प्रकाश होस भनेर एउटा पोलमा कम्तीमा २० वटा वत्ती जडान गरिएको छ,’ रिजालले भन्नुभयो । आवश्यक परे अरु वत्ती पनि पछि थप गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिकको सल्लाह बमोजिम लाइट जडान गरिएको छ ।

आयोजक समितिका उपाध्यक्ष सन्तोस वानियाँका अनुसार लाइट जडानका लागि कोलकाताबाट प्राविधिक टोली झिकाइएको हो । उहाँले प्रतियोगिताका लागि मैदान घेराबारा लगायत व्यवस्थापनका अधिकांस काम सकिएको बताउनु भयो । प्रतियोगिता उद्घाटन अघि एकै पटक १४ वर्ष मुनीका ५० जना बाल खेलाडीसँग १० जना सिनियर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

गोल्डकपमा उद्घाटनका दिन ५ः३० बजेदेखि र त्यसपछि प्रत्येक दिन ६ बजेपछि खेल खेलाइने छ । प्रतियोगिताका लागि नेपालका आठ र विदेशका दुई गरेर १० वटा टिमले सहभागिता जनाउने छन् । पूर्वघोषित भारतको सिक्किम युनाइटेड क्लब नआउने भएको छ । त्यस अघि बंगलादेश स्पोर्टिङ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी आयोजकलाई गराइसकेको छ । आयोजकले त्यसपछि सिक्किमलाई बोलाए पनि सिक्किम समेत नआउने भएको हो । उसका ठाउँमा नेपालकै संकटा क्लब आउने भएको छ ।

भारतको मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब मात्रै विदेशी टिमका रुपमा गोल्डकपमा सहभागिता जनाउँदैछन् । प्रतियोगितामा नेपालका मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्री स्टार, संकटा, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर आठवटा टिम सहभागी हुँदैछन् । २०७२ सालको प्रतियोगिताको उपाधि नेपाल पुलिसको जितेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes