किम र सीको भेट : विश्वमा बहस - Pahilo Online

किम र सीको भेट : विश्वमा बहस

परमाणु निश्शस्त्रीकरणका लागि किम प्रतिबद्धः चीन

writer

बिबिसी

बिबिसी : उत्तर कोरियाली नेता किम जङ(अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको चीनले बताएको छ।

राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा किमको त्यस्तो प्रतिबद्धता आएको जनाइएको छ।
उत्तर कोरियाले गरेका प्रयासहरूलाई दक्षिण कोरिया तथा संयुक्त राज्य अमेरिकाले सद्भावका साथ लिए निश्शस्त्रीकरणको मुद्दा समाधान हुन सक्नेु किमले जनाएका छन्।

कोसेढुंगा

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई एउटा ुकोसेढुंगाु भनेको छ।
सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग आगामी मे महिनामा हुने भनिएको शिखर बैठकअघि किमले चीनको भ्रमण गरेका छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार, सो भ्रमण उत्तर कोरियामाथि अधिकतम दबाब प्रयोग गर्ने अभियानले प्योङयाङसँग वार्ता गर्न अनुकूल वातावरण बनाउनेतर्फ काम गरिरहेको थप प्रमाण हो ।

उत्तर कोरिया भ्रमणमा जान शर्त

सोलले पनि किमको चीन भ्रमणको स्वागत गरेको छ। एप्रिल महिनामा किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनलाई भेट गर्दैछन्। चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार हो र आसन्न शिखर बैठकहरु गरिनुअघि उसले बेइजिङसँग सल्लाह गर्ने सम्भावना अधिक भएको ठानिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes