भारतमा भाजपा नेता राकेश पण्डितको गोली हानि हत्या - Pahilo Online

भारतमा भाजपा नेता राकेश पण्डितको गोली हानि हत्या

writer

एजेन्सी । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या गरिएको छ । संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गोली हानेका हुन् । यो घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो । गोली लागेलगत्तै घाइते भएका नेता पण्डितलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरे । सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes