न्यूरोले मनायो विश्व छारे रोग दिवश - Pahilo Online

न्यूरोले मनायो विश्व छारे रोग दिवश

writer

पहिलो अनलाइन

विराटनगर । विश्व छारे रोग दिवशको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ ।

विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सर्मथ सिंह लगायत विभिन्न चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको सहभागीता थियो । त्यसका साथै प्रभातफेरिमा न्यूरो हेल्थ कलेजका विद्यार्थीले समेत सहभागीता जनाएका थिए । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी विराटनगर बजारको परिक्रमा गरि तुलशा मदर एण्ड चाइल्ड हस्पिटलमा गएर समापन भएको थियो ।

सो अवसरमा छारे रोगप्रति व्याप्त भ्रम तथा अन्धविश्वास विरुद्ध कलेजस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरियो भने छारे रोगबारे निःशुल्क परामर्श सेवासमेत दिइएको थियो । त्यसअवसरमा विभिन्न जाँचमा २५ प्रतिशत छुट तथा एक महिनाको निःशुल्क औषधी प्रदान गरिएको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । त्यसअवसरमा ४१ जना छारे रोगका बिरामीले स्वास्थ्य लाभ लिएका थिए ।

छारे रोग नशा सम्बन्धी रोगको लक्षण हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिामीहरु सही उपचार नपाएर गाउँघरमा अलमलिने गरेको बताइन्छ । नेपालमा करिव १ लाख ५० हजार बढी छारे रोगका बिरामी रहेको तथ्यांक छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes