जिसस सभापतिले रातो पासपोर्ट पाउने - Pahilo Online

जिसस सभापतिले रातो पासपोर्ट पाउने

writer

पहिलो अनलाइन

काठमाडौं । जिल्ला समन्वय समितिका सभापतिले पनि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो । संशोधन गरेअनुसार गाउँपालिका अध्यक्षलाई भने विशेष राहदानी उपलब्ध गराउने उल्लेख छ ।

संशोधनसँगै अब प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकले पनि रातो पासपोर्ट पाउने भएका छन् ।

गाउँपालिका अध्यक्षले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

बैठकले रक्षाको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । साथै १२ चुनावको समयमा भएका बम विस्फोटका घाइतेको उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ ।

स्थानीय प्रशासनले दिएको मुचुल्का र अस्पतालको विल भर्पाईका आधारमा आर्थिक सहायत उपलब्ध गराइने बास्कोटाले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes