भारतमा नेपालीको हत्या - Pahilo Online

भारतमा नेपालीको हत्या

writer

पहिलो अनलाइन

विराटनगर । भारत जोगवनीको टिकुलीया वस्तीमा एक आपसमा झगडा हुँदा एक नेपालीको हत्या भएको छ । इटहरी–१० का ३५ वर्षिय कृष्णबहादुर सुनवार माथि खुकुरी प्रहार गरी आइतबार हत्या भएको हो ।

नेपाल–भारत सिमा क्षेत्र दशगजाको छेउमा पर्ने जोगवनीको टिकुलीया वस्तीमा ४/५ जनाको समूहले सुनुवारमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते भएका सुनुवारलाई तत्काल उद्धार गरी कोशी अञ्चल अस्पताल उपचारका लागि ल्याइएको भएपनि उनको अस्पतालमै मृत्यु भएको हो ।

सुनुवारमाथि खुट्टाको नली, तिघ्रामा खुकुरी प्रहार गरिएको थियो । अत्याधिक रगत बगेको कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरीबाट जोगबनीको टिकुलिया बस्तीमा लागूऔषध सेवन गर्न गएका सुनवार र भारतीय युवाबीच आपसी विवाद हुँदा झगडा भएको प्रहरीको दाबी छ ।

‘लागूऔषध सेवन गर्न आएका सुनवार र भारतीयबीच एक आपसमा कुरा नमिल्दा झगडा भएको देखिन्छ,’ रानीका प्रहरी प्रमुख सन्तोष निरौले भन्नुभयो । जोगवनीको टिकुलिया बस्ती लागूऔषध प्रयोगकर्ताको अखडा मानिँदै आएको छ ।

हत्याको विषयमा थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गरी हत्या गर्ने समूह भारतीय भएकोले पक्राउ गर्न समस्या भए पनि भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई पक्राउ गरिने इलाका प्रहरी कार्यालय रानीका प्रहरी प्रमुख निरौलाको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes