अस्पताल परिसरमा सरसफाइ - Pahilo Online

अस्पताल परिसरमा सरसफाइ

writer

पहिलो अनलाइन

विराटनगर । परिवर्तनको लागि हातेमालो संस्थाले विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा शनिबार सरसफाइ गरेको छ ।

युवाहरू आवद्ध रहेको संस्थाले शनिबार अस्पताल परिसरमा सरसफाइ गरेको हो । अस्पताल परिसरभित्र फोहर धेरै भएको जानकारी आएपछि युवाहरूको संस्थाले सरसफाइ गरेको अभियान्ता विनोद परियारले बताए ।

‘अस्पताल जस्तो संम्वेदनशिल स्थानमा फोहरले दुर्घन्दित भएपछि सरसफाइ गर्न गएका हौं,’ अभियान्त परियारले भने, ‘अस्पतालभित्रको थुप्रै फोहर उठाएका छौं ।’ अस्पतालको भित्ता जथावाभी फोहोर गर्ने प्रबृत्ति रोक्न हातेमालो संस्थाले भगवनाको फोटोसमेत विभिनन स्थानमा राखेको छ ।

पान, गुड्खा खाएर अस्पताको भित्ताहरू थुक्ने प्रबृत्ति रोक्न भगवानको फोटो टाँसेको अभियान्ता सुशिल रिजालको भनाइ छ । अस्पताल परिसरमा १ सय वटा भगवानको फोटो टाँसिएको छ । शनिबार नै १० लिटर फिनेल लगाएर सफाइ गरिएको संस्थाले जनाएको छ ।

संस्थाले अस्पताल प्रशासनलाई अस्पतालजस्तो संम्वेदनशिल ठाउँमा सरसफाइ राख्न सुझाबसमेत दिएको थियो । परिवर्तनको लागि हातेमालो संस्थाले महानगर क्षेत्रमा सरसफाइ अभियान सुरू गरेको पाँचौ हप्ता रहेको अभियान्ता तुलसी घिमिरले जानकारी दिएका छन् । संस्थाले यसअघि महानगर क्षेत्रको विभिन्न स्थानमा सरसफाइ गरिसकेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes