पिताजी कोइरालाको स्मृतिमा सम्मान - Pahilo Online

पिताजी कोइरालाको स्मृतिमा सम्मान

writer

बिराटनगर । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद विराटनगरको आयोजनामा प्रजातान्त्रिक योद्धा चक्रप्रसाद बाँस्तोलालाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

आफ्नो जीवनमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका र विभिन्न पदमा रहेर देश सेवा गरे बापत संस्थाले बाँस्तोलालाई ५० हजार रुपैयाँ राशीसहित शनिबार विराटनगरमा सम्मान गरेको हो ।

प्रदेश नं. १ का प्रमुख प्रा.डा.गोबिन्द तुम्बाहाङ्ले सम्मान गर्नुभएको थियो । सम्मान प्रदान गर्दै उहाँले पिताजी कृष्णप्रसाद कोइराला र चक्र प्रसाद बाँस्तोलाको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ दधिराज सुवेदिले संस्था स्थापनाको इतिहास र पुरस्कृत ब्यक्तित्वको परिचय दिनुभएको थियो । प्रदेश सभाका सभासदहरु सुयर्माराज राई, शान्ता पौडेल, साबित्रा रेग्मी, बिन्दिया कार्की, बिराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की तथा डा.भेषप्रसाद धमलाले पिताजी कोइराला र बाँस्तोलाको योगदानको चर्चा गर्नुभयो ।

समारोहमा अर्धचेतनामा रहेका पुरस्कृत ब्यक्ति बाँस्तोलाकी धर्मपत्नी कुशुम बाँस्तोलाले पतिलाई प्रदान गरिएको सम्मान तथा पुरस्कर ग्रहण गर्दै नेपाली काँंग्रेस र चक्रप्रसादको अवस्था अहिले उस्तै भएको बताउनुभएको थियो । कार्यक्रममा पिताजी कृष्णप्रसाद्ले स्थापना गरेको आदर्श मा.बि. कक्षा ९ मा अध्ययनरत नेहा खातुन र सर्वहितैषी मा.बि. डंग्राहाको कक्षा ८ का बिष्णु चौधरीलाई जनही २ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको जानकारी संस्थाका महासचिव दिनेशराज सुवेदीले दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes