गुरुकुलमा मसान - Pahilo Online

गुरुकुलमा मसान

writer

पहिलो अनलाइन

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा साहित्यकार गोपालप्रसाद रिमालको कृतिमा आधारित नाटक ‘मसान’ मञ्चन सुरु भएको छ ।

सहित्यकार स्व.गोपालप्रसाद रिमालद्वारा लिखित ‘मसान’ नाटक शनिबारदेखि एक सातासम्म मञ्चन गरिने भएको छ ।

नाटकको मुकेश कर्णले निर्देशन गरेका छन् । महिलालाई हेपिएको विषयबस्तुलाई समेटेर रिमालले विस २००३ सालमा लेखेको नाटक मञ्चन गरिएको हो । नाटकको सन्देश अझै पनि सान्दर्भिक रहेकाले नाट्य रुपान्तरण गर्न मञ्चन गरिएको निर्देशक कर्णले जानकारी दिनुभयो ।

मसानमा दिपा पोखरेल, विजया नेपाल, वर्षा न्यौपाने, सम्झना आर्चय, निर्मल शर्मा, रिदम बस्नेत, अशोक गौतमलगायतले अभिनय गरेका छन् । नाटकको लाइट व्यावस्थापन भरत कार्की र स्टेज व्यावस्थापन विकास पराजुलीले गरेका छन् ।

गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । विसं १९७५ , जेठमा जन्मिएका रिमालको मृत्यु विसं २०३०, कार्तिकमा भएको थियो । उनले लेखेका कृतिहरु मध्ये ‘मसान’ नाटक चर्चित नाटक हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes