सगरमाथाका विद्यार्थी पुरस्कृत - Pahilo Online

सगरमाथाका विद्यार्थी पुरस्कृत

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कूलले २२ औं विद्यार्थी दिवश बिहीबार विभिन्न कार्यक्रम गरी मनाएको छ ।

स्कूलको प्राङ्गणमा आयोजित कार्यक्रममा आन्तरिक खेलकुदमा उत्कृष्ट हुने कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिनुभयो ।

स्कूलमा गएको माघमा १५ दिनसम्म खेलकुद प्रतियोगिता भएको थियो । खेलकुद कार्यक्रममा वेलुन रेस, चकलेट रेस, ब्यालेन्स रेस, एक सय मिटर दौड, चित्रकला, हाजिरी जवाफ, वकृत्वकला, नृत्य, गायन प्रतियोगिता, हाईजम्प, लङजम्प र टेबल टेनिसलगायतका खेलहरु समावेश गरिएको थियो ।

सोही अवसरमा कक्षागत रुपमा स्कूलका अनुसाशित विद्यार्थीहरु कक्षा ६ का आदर्श चौधरी र श्रृष्टि मेहता, कक्षा ७ का पसन्न चौलागाई र अप्सरा चौधरी तथा कक्षा ८ का दिपक यादव र प्रजिता साहलाई पुरस्कृत गरिएको स्कूलले जनाएको छ । पुरस्कृत हुनेहरुलाई स्कूल व्यवस्थापन समितिका संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, प्रिन्सिपल विनोद अधिकारी, निर्देशक त्रिलोचन गौतम तथा स्कूलका शिक्षकहरुले पुरस्कार गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes