विद्यालयमा ई–लाइब्रेरी जडान हुँदै - Pahilo Online

विद्यालयमा ई–लाइब्रेरी जडान हुँदै

writer

पहिलो अनलाइन

भोजपुर । विद्यार्थीको पठनपाठनलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री सिकाइलाई प्रोत्साहित गर्ने उद्देश्यले भोजपुरका ११ वटा विद्यालयमा विद्युतीय पुस्तकालय शुरु गरिएको छ ।

जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालयमा, इलेक्ट्रिक पुस्ताकालयको जडान कार्य शुरु गरिएको हो ।

ई–लाइब्रेरी जडानका लागि हतुवागढी गाउँपालिकामा रहेका ९ वटा विद्यालयका लागि गाउँपालिकाबाट ७५ हजारका दरले रकम जम्मा गरिदिने हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राईले बताउनुभयो । त्यस्तै भोजपुर नगरपालिका ४ स्थित सिद्धेश्वर माध्यमिक विद्यालय र ट्याम्के मैयुङ गाउँपािलका ९ लेखकस्थित सिंहदेवी माध्यामिक विद्यालयमा पनि इलेक्ट्रिक पुस्तकालय जोड्न शुरु गरिएको छ ।

ई–लाइब्रेरी जडान भएपछि शैक्षिक गुणस्तर बढ्ने भएकाले विद्यालयमा कम्प्युटर शिक्षा, तथा ई–लाइब्रेरीबाट पठनपाठन सुरु गरिनेछ । आफूलाई कुन किताब आवश्यक परेको हो त्यो किताबको नाम कम्प्युटरमा टाइप गरेर पुस्तक खोजेर पढ्ने व्यवस्था विद्युतीय पुस्तकालयमा रहेको हुनाले एउटा किताबलाई धेरै जनाले पढ्नसक्ने जनाइएको छ ।

ई–लाइब्रेरी जडान भएपछि समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहर्नुपर्ने झन्झट नहुने, चौबिसै घण्टा आफूले चाहेको पुस्तक विद्युतीय माध्यमबाट पढ्न सकिने नेपाल लाइवे्ररी फाउडेशनका महासचिव तथा म्यानेजिङ डाइरेक्टर धनकुमार श्रेष्ठले बताउनुभयो । विद्युतीय पुस्तकालय स्थापनाका लागि नेपाल लाइवे्ररी फाउण्डेशन काठमाडौंको प्राविधिक सहयोग रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes