मानसिकता बदल्न जरुरी छ - Pahilo Online

मानसिकता बदल्न जरुरी छ

writer

सोफिया भट्टराई

सोफिया भट्टराई

आज म एउटा यस्तो ज्वलन्त समस्यातिर हजुरहरू सबैको ध्यान आकृष्ट गर्न चाहन्छु, त्यो विषय हो महिला शोषण र खुलेआम हुने बेईज्जती । हजुरहरू सबैजना हरेक दिन हुने महिला हिंसा, बलात्कार जस्ता घटनाहरूसँग त जानकार नै हुनुहुन्छ र सायद यस्ता घटनाले ज्यादै दुःखी पनि हुनुभयो होला । तर, ती घटनाहरूलाई सबै जनाले बिर्सि सक्नुभयो पनि होला, तर के त्यो भुल्न सक्ने घटना थियो ? होइन कदापी होईन । किनभने हरेक घरमा छोरी छन् । दिदीबहिनी छन् । र उनीहरूसँग पनि यस्तै घटना घट्नसक्ने सम्भावना प्रचुर मात्रामा हुन्छ ।

एउटा छोरीलाई स्कूल र कलेजबाट फर्किन केही ढिलो मात्र भयो भने, हरेक आमाबुबाको चिन्ता दोब्बर हुन्छ । उनीहरुको आँखाको अगाडि समाजमा पहिला घटेका घटनाहरुको दृष्य देखिनथाल्छ । सास अड्किन्छ । म हजुर सबैसँग सोध्न चाहान्छु कि यो सबैघटना हाम्रो घरसमाजमा हुन्छ, यो दुःखको भागीदार तपाईहामी सबै हौं । यसो भए यस्तो घटना नै किन हुन्छ ????? यस्तो घटिया कार्य गर्ने भनेको कसैको छोरा, कसैको दाजुभाई र कुनै छोरीको बाबु पनि हो । यो एक बलात्कृत अथवा पीडित महिलाको मात्र समस्या होइन । तर, किन हरेक घडी र हरेक पल ती महिलाहरु यो घृणित कार्यको शिकार हुने गरेका छन् ? कुन बिमारीको शिकार भएको छ, हाम्रो देशको कतिपय पुरूषहरु ??? जो राक्षसीपनको एउटा यस्तो हदसम्म गिर्छ कि राक्षस र पिशाच पनि काप उठ्छन् । हामी सबै यो सोच्दैनांै कि यसको असर पुरा नारी जातिमा कति भयानक हुनसक्छ ।

जुन समाजमा उन्नतिको कुरा हुनुपर्ने हो, पिछडापनको कुरा हुन्छ । छोरीलाई धेरै नपढाउने, कलेज नपठाउने, छिट्टै विवाह गरिदिने, यसरी बस्न नदिने, उसरी बस्न नदिने । तपाईहामी यो किन भन्दैनौ कि, हामी हाम्रो छोरालाई, दाजुलाई, भाईलाई यस्तो मानसिकताबाट बाहिर निकाल्छौं, जो छोरीलाई पढाउन चाहादैनन् । ती सबै जनासँग मेरो एउटा प्रश्न छ, उनीहरू आफ्नो श्रीमतीलाई Ledy Doctor भएको ठाउँमै किन लैजान खोज्छन् ?????? छ, कुनै जवाफ ???? यो कस्तो न्याय हो ? जसमा गल्ती एउटाको हुन्छ, तर सजाय भने अर्कैले भोग्नुपर्छ ।

समाजमा केही हदसम्म हुने घटनाहरु फैलाउनमा हामी महिलाको पनि हात हुने गर्छ, किनभने हामी हाम्रा बुबाआमाले दिएको स्वतन्त्रताको गलत फाइदा उठाँउछौ, यहाँसम्म कि हाम्रो विचारधाराहरु पनि अशोभनीय बनेको छ । यदि हामीले यी कुराहरुमा सुधार ल्याउने र समाजलाई सभ्य बनाउने हो भने सुन्दर समाजको निर्माण गर्नसक्छौं । यो घटनाहरू जोसँग पनि हुनसक्छ, मसँग पनि हुनसक्छ । किनभने म पनि त्यही नारी समाजको सदस्य हुँ । तसर्थ मानसिकता बदल्नु जरुरी छ, महिलाहरु मजबुत हुनुपर्छ, देशको कानुन तगडा हुनुपर्छ र महिलाहरुको गुमेको सम्मान दिलाउनुपर्छ । जसमा हामी दुर्गा र सतीसाबित्रीको रुप देख्छौं । त्यसपछि यी कुनै पनि डरलाग्दा घटनाहरु समाजमा दोहोरिने छैनन् । हाम्रो समाजले यो संकिर्ण विचारधाराहरु त्याग्नुपर्छ । त्यसपछि मात्र आशाको एउटा नयाँ सूर्य निक्लन्छ, जसको किरणमा नराम्रो कुरितिको अन्ध्यारो आँफै बिलिन भएर जानेछ ।

विराटनगर

मा प्रकाशित

1 thought on “मानसिकता बदल्न जरुरी छ

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes