सडक क्षेत्र खाली गराइने - Pahilo Online

सडक क्षेत्र खाली गराइने

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा सडकको क्षेत्राधिकारभित्र रहेका पसल, टहरा तथा निर्माण सामग्रीलाई ७ दिनभित्र हटाउने निर्णय नगरपालिकाले गरेको छ ।

कार्यालयमा आइतबार भएको सर्वपक्षीय भेलाले चैत ५ गतेदेखि ७ दिनको अवधिमा सडक क्षेत्रभित्र रहेका पसल, टहरा तथा निर्माण सामाग्री हटाउन सम्वन्धित पक्षलाई सूचना गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाईंका अनुसार पहिलो चरणमा पूर्वपश्चिम मुख्य सडक र पथरी बजार क्षेत्रका शाखा सडकहरु खाली गरिनेछ । यस्तै निर्माण सामग्री सडक किनारमा केही समय राख्नुपर्ने बाध्यात्मक अवस्था भएमा छोटो समय अवधिका लागि राख्न नगरपालिकामा जानकारी गराउने र तोकिएको समयमा हटाइसक्नु पर्नेसमेत निर्णय गरिएको छ ।

नगरपालिका कार्यालय दक्षिण मोड आसपासका सडक क्षेत्रका पसल तत्काल हटाई कार्यालय प्रवेशमार्ग सहज बनाउने निर्णय पनि गरिएको छ । त्यसैगरी, पथरी चोकको पूर्वमा ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिममा पथरी खोला पुल पश्चिममा थालिएको बस विसौनी निर्माण कार्यलाई सम्पन्न गरी त्यहाँ बस विसौनी सार्ने पनि निर्णय भएको छ ।

छलफलमा, नगर प्रमुख दीलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इलाका प्रहरी प्रमुख विजय श्रेष्ठ, पथरी ट्राफिक प्रहरी प्रमुख विष्णुप्रसाद तिम्सिना, पथरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजय डाँगी, पथरी वजार व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद सावाँ र वडाध्यक्षहरु सहितको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes