मृगौलापीडितलाई आर्थिक सहयोग - Pahilo Online

मृगौलापीडितलाई आर्थिक सहयोग

writer

पहिलो अनलाइन

उर्लाबारी ।मोरङको मिक्लाजुङ–२ का एक मृगौलापीडितको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमबीच मृगौलापीडित सेनीहाङ लिम्बूको उपचारका लागि नगद २ लाख ६२ हजार ९ सय २३ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

मोरङ क्षेत्र नम्बर १ ‘क’ प्रदेश सांसद कुलप्रसाद साम्बाले सहयोग रकम पीडितका बुवा अमर लिम्बूलाई हस्तान्तरण गर्नुभयो । सेनीहाङ परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । दुवै मृगौला फेल भएका सेनिहाङ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत पवन साम्बा, सूर्य साम्बा, अम्बिका माखिम, उपेन्द्र लिम्बू, रस्मिता लिम्बू, दिलु लिम्बू, कविता तामाङ र मिरु लिम्बूले सेनिहाङको उपचारका लागि रकम संकलन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes