मिस टिनमा ६१ जना युवायुवती सहभागी - Pahilo Online

मिस टिनमा ६१ जना युवायुवती सहभागी

writer

पहिलो अनलाइन

विराटनगर । पूर्वाञ्चलस्तरीय मिस्टर एण्ड मिस टिन २०१८ को दोस्रो अडिसनमा ६१ जना सहभागी भएका छन् । विराटनगरमा शनिबार दोस्रो अडिसन सकिएको हो । पहिलो अडिसनबाट सोही प्रतियोगिताका लागि ४१ जना सहभागी भएका थिए ।

१३ देखि १९ वर्ष उमेरका युवा युवतीको सहभागीता रहेको प्रतियोगितामा विभिन्न १३ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जिम्न्याष्टिक, एरोबिक, कराते, स्वीमिङलगायतका विधा रहने प्रतियोगिताका निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो ।

दोस्रो अडिसनमा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत विद्यार्थी सहभागी थिए । प्रतियोगिताको फाइनल भने आगामि जेठ महिनामा हुनेछ । प्रतियोगिताले टिनेजर्सलाई हरेक कुरामा सक्षम बनाउनका लागि भूमिका खेल्ने ताम्राकारको दाबी छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes