नेदरल्यान्डद्वारा नेपाल ४५ रनले पराजित - Pahilo Online

नेदरल्यान्डद्वारा नेपाल ४५ रनले पराजित

writer

पहिलो अनलाइन

विराटनगर । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको लागि भएको खेलमा नेदरल्यान्डले नेपाललाई ४५ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्डले ९ विकेटको क्षतिमा पूरै ५० ओभर खेलेर १८९ रन बनाएको थियो ।

नेदरल्यान्डले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमा अल आउट भएको थियो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरीले २५ र कप्तान पारस खड्काले २२ रन बनाए। सन्दीप लामिछानेले नटआउट १४ रन बनाए भने करन केसीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नेपालको ब्याटिङलाई छोटो स्कोरमा समेट्ने क्रममा नेदरल्यान्डका रेलोफ मेर्वीले ४ विकेट लिएका थिए। पिटेर सेलार र फ्रेड क्लारसनले दुईदुई विकेट लिए। जिम्बावेमा भएको खेलमा नेदरल्यान्डले १८९ रन बनाएको थियो। नेदरल्यान्डले उक्त स्कोर तयार पार्ने क्रममा बस डे लीडेले ३९, म्याक्स ओडुडले २८, मेर्वी र इडवार्डले २५÷२५ रन बनाएका थिए। सेन स्नाटेर र पिटेर सेलारले २३÷२३ रन जोडेका थिए।

नेपालका लागि सोमपाल कामीले ४, सन्दीप लामिछाने र ललीत राजवंशीले दुईदुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए। यो पराजयसँगै नेपाल आठौँ स्थानमा रहेको छ। यो अन्तिम खेल थियो। नेपालले यो प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएको छ। जुन नेपालको क्रिकेटको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes