युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई - Pahilo Online

युवाद्वारा मोरङ क्याम्पसमा सरसफाई

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगरमा सुरु गरिएको सरसफाई अभियानको चौथो हप्ता शनिबार विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसर सरसफाई गरिएको छ । परिवर्तनका लागि हातेमालो (युनिटि फर चेन्ज) द्वारा विराटनगरमा सरसफाई अभियान चार हप्ता अघि सुरु भएको हो ।

सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख महेन्द्रनारायण यादव , विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । परिवर्तन युवाहरूकै हातमा छ, हाम्रो शहर स्वस्थ र सफा विराटनगर भन्ने नाराका साथ सुरु गरिएको सरसफाई अभियानको चौथो हप्तासम्म आईपुग्दा स्वतः स्फुर्त रुपमा युवाहरु अभियानमा जुटेका थिए ।

यसअघि महानगरपालिकाका विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएकोमा यो हप्ता ऐतिहासिक र देशकै एउटा छुट्टै अस्तित्व बोकेको महेन्द्र मोरङ कलेजलाई केन्द्र बनाएर सरसफाई गरिएको सरसफाई अभियन्ता सुसील रिजालले जानकारी दिनुभयो ।

यो अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिनुका साथै महानगरबासिलाई आफ्नोशहर आफैले सफा गर्नुपर्छ भन्ने शन्देश दिँदै जाने अर्का अभियन्ता बिनोद परीयारले बताउनु भयो । परिवर्तनका लागि हातेमालो संस्था सामाजिक कार्यमा सक्रिय युवाद्वारा सञ्चालीत संस्था हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes