हरिण तस्करी हुने गरेको खुलासा - Pahilo Online

हरिण तस्करी हुने गरेको खुलासा

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर महानगरपालिकाभित्र संरक्षणको सुचिमा रहेका बन्यजन्तुको टाउको भेटिएको छ । विराटनगर १२ बखरीस्थित नहरमा बन्यजन्तु संरक्षण ऐनमा सुचिकृत रहेको २ वटा हरिणको काटिएको टाउको भेटिएको हो ।

दुईवटा हरिणमध्ये एउटाको टाउको नहरको डिलमा र अर्को टाउको नहरको पानीमा शनिबार भेटिएको हो । चोरी शिकारी गर्नेहरुले बोरामा प्याक गरी ल्याएर सो ठाउँमा हरिणको टाउकोसहित आन्द्राभुँडी फालेका छन् ।

विराटनगरको अभिबादन टोल र महाबीर टोलको बिचबाट खनिएको नहरको महाबीरटोलतर्फ भने हरिणको हारखोर छरपस्ट छरिएको अवस्थामा भेटिएको छ । यसअघि एकसाता अघि पनि सोहिक्षेत्रमा ठाउँमा चोरी शिकारी गरिएको हरिणको टाउको भेटिएको स्थानीयले जानकारी दिएका छन् ।

विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामतले हरिणको टाउको भेटिएको खबर खबर गरेपछि पुगेको प्रहरीले घटनास्थलको मुचुल्का उठाएको छ ।

जंगलभन्दा टाढा रहेको विराटनगरमा हरिणको हाडखोर र टाउको भेटिनुले विराटनगरमा बस्नेहरुले नै वन्यजन्तुको तस्करी गरिरहेको पाइएको छ । नगरक्षेत्रभित्रै संगठित रुपमा यसप्रकारको आपराधिक गतिबिधि हुने गरेको स्थानीयको अनुमान छ । वन्यजन्तु संरक्षण ऐनले हरिणको शिकार गर्न प्रतिबन्ध लगाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes