नेपाललाई नेदरल्यण्डको १९० रनको लक्ष्य - Pahilo Online

नेपाललाई नेदरल्यण्डको १९० रनको लक्ष्य

writer

पहिलो अनलाइन

विराटनगर । जिम्बाब्वेमा जारी विश्वकप क्रिकेट छनोटको ७ औं स्थानका लागि जारी खेलमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो ।

नेदरल्यान्ड्सका लागि बस ली लिडेले ३९, म्याक्स ओ डल्डले २८,भान डर मेर्वी र स्कट इड्वार्डले समान २५,पिटर सिलर र साने स्यान्टरले समान २३ रनको योगदान दिएका थिए । नेपालका सोमपाल कामीले ४ विकेट लिए भने ललित नारायण राजवंशी र सन्दिप लामिछानेले २÷२ विकेट हात पारे । प्रतियोगितामा पहिलो पटक मौका पाएका भेट्रान बलर शक्ति गौचनले १ विकेट आफ्नो नाममा लेखाएका छन् ।

इतिहासमै पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गरिरहेको छ। प्रतियोगिताअन्र्तगत ७ औं स्थानको लागि भइरहेको प्लेअफ खेलमा नेदरल्यान्ड्सलाई हराउदै नेपाल जिम्बाब्वे भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ।

बिहीबार भएको प्लेअफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म ४ पटक भिड्दा दुवै टोलीले समान २÷२ खेल जितेका छन्।

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो । यद्यपि आजको नेपालको खेल एक दिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes