महिला र बालबालिकालाई आत्मरक्षा तालिम - Pahilo Online

महिला र बालबालिकालाई आत्मरक्षा तालिम

writer

पहिलो अनलाइन

विराटनगर । जिल्ला खेलाडी तथा प्रशिक्षक संघ मोरङको आयोजनामा विराटनगरमै पहिलो पटक महिला तथा बालबालिकाहरुलाइ सेल्फ डिफेन्स आर्ट (आत्म रक्षा) तालिम प्रदान गरिएको छ ।

विराटनगरस्थित कवर्ड हलमा शनिबार आयोजना गरिएको तालिममा विराटनगरका विभिन्न विद्यालयका ६५ बालिकाहरुको सहभागिता रहेको थियो ।

पछिल्लो समय महिला तथा बालिकाहरु विभिन्न दुव्र्यवहारको सिकार हुनु परिरहेको अवस्थामा उनीहरुलाइ शारिरीक रुपमा सवल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको प्रशिक्षक विमल पोखरेलले बताउनुभयो । महिला तथा बालिकाहरुमा हुने हिंसात्मक दुव्र्यवहार रोक्न शारीरिक रुपमा उनीहरु स्वयम् सक्षम हुनुपर्छ भन्ने उद्देश्ले तालिमको आयोजना गरिएको आयोजकको भनाइ छ ।

केहि महिना अघि सिंगापुर गएको थिए सेल्फ डिफेन्सको तालिम लिनुभएका पोखरेलले त्यहाँ सिकेका कुरा बालिकाहरुलाई सिकाएको बताउनुभयो । अझै विभिन्न विद्यालय तथा कलेजहरुले प्रशिक्षण दिन बोलाइरहेको बताउँदै उहाले बालिका तथ महिलाहरुलाई शारीरिक रुपमा सक्षम बनाउन आफूले यस कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

पोखरेलसँगै स्वीडेनबाट सेल्फ डिफेन्सको तालिम लिएर आउनुभएका अर्का प्रशिक्षक प्रविण राणाले पनि यसलाई निरन्तरता दिने बताउनुभयो । तालिममा पुरुषहरुले आक्रमण गर्न खोजे उनीहरुलाई लडाएर भाग्ने, घुँडा लक गरिदिनेलगायतका विभिन्न उपायहरु सिकाइने प्रशिक्षक राणाले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes