मुर्तिकार मितेरीलाई सम्मान - Pahilo Online

मुर्तिकार मितेरीलाई सम्मान

writer

पहिलो अनलाइन

पथरी । जापानमा विश्वकै ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरेर नेपाली कलालाई विश्वमा चिनाउन सफल मोरङको मिक्लाजुङका प्रसिद्ध युवा मूर्तिकार मञ्जुल मितेरीलाई शनिबार सम्मान गरिएको छ ।

पथरी शनिश्चरे स्थित एभरेष्ट आर्ट फ्यूजन र तमु बौद्ध गुम्बाको संयुक्त आयोजनामा थालिएको मासिक सृजना प्रस्तुतिमा मूर्तिकार मितेरीलाई सम्मान गरिएको हो ।

मितेरीकै मुहारचित्रमा बुद्धको चित्र समेत संयोजन गरिएको चित्र प्रदान गरी सम्मानित गरिएको थियो । कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिका प्रमुख दीलिपकुमार राई, मुहारचित्र निर्माणकर्ता प्रसिद्ध चित्रकार सरोजा खड्गी र फ्यूजनका अध्यक्ष टीकाराम राईले मितेरीलाई सम्मानित गर्नुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख राईले नगरमा कला र साहित्यको प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मूर्तिकार मितेरीले बुद्ध भारतमा जन्मिएको भ्रमलाई चिर्दै आफूसहितका ४ जना नेपाली मूर्तिकारले जापानमा निर्माण गरिरहेको बुद्धमूर्तिले नेपाली कला तथा बुद्धका बारेमा सत्य सन्देश दिने काम गरेको बताउनुभयो ।

कार्यक्रममा गायक वीरध्वज शिवा, फ्यूजनका सल्लाहकार भूपेन्द्र तिम्सिना, गजलकार लोकेन्द्र वञ्जारा, सुमन राई, राजकुमार सुब्बा, युवराज वास्कोटा, इन्दिरा नेपाल, रोशन फुयाल, प्रतिक गौतम, बाटोघरे कान्छा, टीकाराम राई, पूर्ण दहाल, बाटोघरे कान्छा, भिजन गुरागाई, कल्पना मिश्र सहितका झापा र मोरङका २ दर्जन सर्जकहरुले आफ्ना प्रस्तुति दिएका थिए । मासिक कार्यक्रम प्रत्येक महिनाको पहिलो शुक्रबार २ बजे पथरीको तमु वौद्ध गुम्बामा हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes