आगलागीबाट ५६ लाखको क्षति - Pahilo Online

आगलागीबाट ५६ लाखको क्षति

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको दुई स्थानमा भएको आगलागीमा ५६ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाला क्षति भएको छ ।

ग्रामथान गाउँपालिका २ स्थित बतराईटोल र सुनवर्सी नगरपालिका ९ डाईनिया बजार स्थित बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार भएको आगलागीमा कुल ५६ लाख ४५ हजार रुपैया बराबरको धनमाल क्षति भएको हो ।

एक नम्बर प्रहरी प्रदेश कार्यालय बिराटनगरका अनुसार ग्रामथानमा नेपोल सरदारको घरबाट दिउँसो तीन बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगलागीमा नेपोलको १ तले ३ वटा घर, छिमेकीहरु गोपाल सरदार, महाविर सरदार, खनिलाल सरदारको २ वटा घर, सन्तोषीया सरदारको २ वटा घर, ननुलाल सरदारको ३ वटा घर, रामप्रसाद सरदारको २ वटा घर र मुनी सरदारको घर तथा किराना पसल जलेको छ । आगलागीमा ५२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरि मोरङको सुनबर्सी नगरपालिका ९ डाईनिया बजार स्थित बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ भएको आगालागीबाट नगद ५० हजार रुपैयाँ, ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जल्दा ४ लाख ४५ हजार बराबरको क्षति भएको छ । आगालागी पीडितहरु आफन्त र गाउँमा पाल टाँगेर बसिरहेका छन ।

पीडितहरुलाई स्थानीय तहका जनप्रतिनिधि र रेडक्रसले राहत बितरण गरेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes