विराटनगर नमुना बन्ने पराजुलीको दावी - Pahilo Online

विराटनगर नमुना बन्ने पराजुलीको दावी

३८ बुँदे नयाँ कार्ययोजना सार्वजनिक

writer

पहिलो अनलाइन

विकासे कामको अनुगमनमा महानगर प्रमुख पराजुलीसहितको टोली

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले क्षेत्रीय सहरी विकास परियोजना, सघन सहरी विकास कार्यक्रम र मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाको काम तीब्र गतिमा अगाडि बढिरहेको बताउनुभएको छ ।

परियोजना अन्तर्गत भइरहेका कामको अनुगमन गरेपछि महानगर प्रमुख पराजुलीले क्षेत्रीय सहरी विकास परियोजना र सघन सहरी विकास कार्यक्रम अन्तर्गत १५ प्रतिशत तथा एकीकृत सहरी वातावरण सुधार परियोजना अन्तर्गत ७० प्रतिशत काम पुरा भएको जानकारी दिनुभएको छ ।

विराटनगरको ७५ किलोमिटर सडक दुई वर्षमा कालोपत्रे गर्ने लक्ष्य लिएको क्षेत्रीय सहरी विकास परियोजनाको काम सन्तोषजनक भएको महानगर प्रमुख पराजुलीको भनाइ छ । परियोजना २ अर्ब ६१ करोड रुपैयाँ लागतमा सम्पन्न हुनेछ । यस्तै ६२ करोड लागतमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत १३ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाको काम पनि ७० प्रतिशत पुरा भएको दाबी गर्नुभयो ।  परियोजना अन्तर्गत अहिलेसम्म ५ किलोमिटर सडक कालोपत्रे भएको छ । परियोजनाको महानगरपालिकाको प्रमुख भिम पराजुली, उपप्रमुख इन्दिरा कार्कीसहित इन्जिीनियर तथा सञ्चारकर्मीहरुले अनुगमन गरेका थिए ।

महानगर क्षेत्रमा सुरु भएको परियोजना सम्पन्न भएपछि विराटनगरको सडकहरु नमूना सडकको रुपमा परिणत हुने प्रमुख पराजुलीलको दावी छ । यस्तै क्षेत्रीय सहरी विकास परियोजना सम्पन्न हुँदा सडकहरू ४० एमएम मोटाइको स्पायल कङ्क्रिड रहने परियोजना प्रबन्धक इन्जिनियर भरत न्यौपानेले जानकारी दिनुभयो ।

महानगर क्षेत्रमा सुचारु भएको निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्ने महानगर प्रमुख पराजुलीले बताउनुभएको छ । उहाँले कामको गुणस्तरबारे खबरदारी गर्नसमेत नगरवासीलाई आग्रह गर्नुभएको छ । महानगरपालिकाभित्र आउँदो ५ वर्षमा कम्तीमा ५ सय किलोमिटर सडक कालोपत्र हुने उहाँले जानकारी दिनुभयो ।

हाल विराटनगर १ भट्टाचौकदेखि परोपकार घाटसम्म पिच सडक निर्माण भइरहेको छ । यस्तै वडा २ को पोखरीया त्रिवेणी मार्गदेखि परोपकार घाटसम्म नाला पिच बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ३ को पुष्प मार्ग, कञ्चनबारी मार्ग र सिभिलम मार्गमा पिच तथा नाला बनाउने कार्य अन्तिम चरणमा पुगेको महानगरपालिकाले जनाएको छ । यसैगरी ५ नम्बर वडाको शिरोमणी पथ, दिल्ली पब्लिक स्कूल जाने सडक, नाला, जानकी पथको पिच तथा नाला, वडा नम्बर ६ को केशलिया सडक, वडा नम्बर ११ र १२ को पाञ्चाली माग, दरैया सडक नाला, रानी सडक, नाला निर्माण कार्य तीव्र रुपमा भइरहेको छ ।

महानगरको नयाँ योजना
विराटनगरमा जारी सडक र नाला तथा ढल निर्माणको योजना जनप्रतिनिधिहरु आउनु अगाडि नै सुरु भएको योजना हो । जनप्रतिनिधि आएपछि ठोस काम गर्न नसकेको महानगरले आगामी दिनमा गर्ने कामको लागि ३८ बुँदे योजना अगाडि सारेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा प्रदेशस्तरीय सभाहल निर्माण गर्ने, सघन सहरी आयोजना अन्गर्तत थप १५ वटा सडक निमार्णका लागि पहल गर्ने, घोगाहा पैनीलाई बैकल्पिक सडकको रुपमा विकास गर्ने, वडा नम्बर २/७ सिमानामा घोगाहा पैनीमा आधुनिक पार्क निर्माण गर्ने, नगर बस सञ्चालनको लागि मदन प्रावि हुँदै पुुष्पलाल चौक सडक विस्तार तथा स्तरोन्नती गर्ने योजना प्रमुख पराजुलीले सार्वजनिक गर्नुभएको छ । यस्तै घोगाहा पैनीको शनिहाटदेखि सिंगीया खोलासम्म बहुउपयोगी पार्क निमाए गर्ने, वडा नम्बर ५ मा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना गर्ने, वडा नम्बर १२ र १५ मा रहेको स्वास्थ्य केन्द्रलाई १५/१५ वेडको अस्पतालको रुपमा विकास गर्ने, अतिविपन्न, सिमान्तकृत परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने योजना छ ।

महानगरले १९ नम्बर वडाको स्वास्थ्य केन्द्रमा १५ शैय्याको मातृ शिशु कल्याण केन्द्र स्थापना गर्ने, खेलकुद पूर्वाधार विकासका लागि विराटनगर १९ स्थित झापा बैजानाथपुरको जग्गालाई गुरुयोजना बमोजिम निर्माण कार्य सञ्चालन गर्ने, नगरमा रहेको सबै ऐलानी जमिनहरुको पहिचान गरी संरक्षण गर्नेलगायत योजना छ । नगर क्षेत्रमा सञ्चालित सिटी रिक्सालाई लाईसेन्स दिएर मात्र सञ्चालनको अनुमति दिने, विभिन्न स्थानमा सार्वजानिक शौचालय बनाउने, सार्वजानिक स्थान र मानिसको धेरै आवतजावत हुने स्थानमा फ्रि वाइपाइ जडान गर्ने तथा राजमार्गले छुने सबै ग्राभेल सडक पिच गर्ने महानगरको योजना छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes