दुर्घटनामा तीन जनाको मृत्यु - Pahilo Online

दुर्घटनामा तीन जनाको मृत्यु

writer

पहिलो अनलाइन

विराटनगर । मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै तीन सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । बुधबार राति दुहवी नगरपालिका–८ कोशी राजमार्गमा को ३१ प ९९७८ र को २५ प १०३० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ९९७८ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–४ का विक्रम विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका विश्ववासको उपचारका क्रममा कोशी अञ्चल अस्पताल विराटनगरमा राति नै मृत्यु भएको हो । सोही दुर्घटनामा मोरङको बनिगामा–७ का समिर चौधरी र पथरी नगरपालिका–२ का सुवास राई घाइते भएका छन् । उनीह?को दुहवीस्थित जीवन ज्योति अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

यस्तै, कोशी गाउँपालिका–४ जुद्धगञ्जमा पूर्वतर्फ आउँदै गरेको यूजे–१०–पीबी–१८५६ नम्बरको भारतीय लहरीले साइकललाई ठक्कर दिँदा कोशी गाउँपालिका–४ का १९ वर्षीय इन्दल खंगको घटनास्थलमै मृत्यु भएको छ । साइकलको पछाडि सवार १३ वर्षीय प्रेमलाल मेहेता गम्भीर भएका छन्। उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।

यसैगरी मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा बुबार राति पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो ।

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि स्थानीय पथरी अस्पताल लगिएकोमा अस्पतालमै मृत्यु भएको हो । ठक्कर दिने पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes