दर्जन बढी योजना अनुगमन - Pahilo Online

दर्जन बढी योजना अनुगमन

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा चालु आर्थिक वर्षका योजना सम्पन्न गर्ने रफ्तारका क्रममा नगरपालिका अनुगमन् समितिले एकै दिन १ दर्जन बढी योजना अनुगमन गरेको छ ।

अनुगमन समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलासहित सदस्यह? मैनाकुमारी राई लिम्बू, इन्जिनियर कृष्णप्रसाद कोइराला, सूचना संयोजक भूपेन्द्र तिम्सिना, वडाध्यक्ष, वडासदस्य सहितको टोलीले अनुगमन गरेको हो ।

वडा नम्बर ४, ५, ६, ८ र ९ नम्बरका १४ वटा योजना अनुगमन गरी पास गरिएको समिति संयोजक यमुना विष्ट बाँस्तोलाले जानकारी दिनुभयो । वडा नम्बर ९ को जनताचोक पश्चिम केर्खा खोला धिमाल टोल बाटोको कल्भर्ट, प्रहरी चौकी कुशेको छत ढलाई कार्यको अनुगमन गरिएका छ । यस्तै ८ नम्वर वडा कार्यालयको वरण्डा, सिलिङ, ग्रिल, सेफ्टी ट्याङ्की निर्माण, नेम्वाङ होलीको नाला स्तरोन्नती, शुक्रवारेमा प्रकाश राईको घर अगाडिको कल्भर्ट, भाटे पुलमा कल्भर्ट निर्माणको पनि अनुगमन भएको छ ।

टोलीले ६ नम्वर वडाको मंगलवारेस्थित पशुसेवा कार्यालय भवन निर्माण, कमलपोखरी पुग्ने बाटो स्तरोन्नती, कुँडामा कमल तिम्सिनाको घर छेउको बाटो फिलिङ, श्रीजंघा चोक नजिकको कल्भर्ट निर्माण सम्पन्न भएकाले अनुगमन गरेको जनाएको छ । यसैगरी वडा नम्वर ४ को लोककिरण न्यौपानेको घर पूर्वउत्तरको बाटो स्तरोन्नती, ५ नम्वरको अनक धिमालको घर छेउ वाटो र त्यसभन्दा दक्षिणको वाटोमा पनि माटो पुराई तथा मौलीवारी सडक ग्राभेलको अनुगमन भएको छ ।

नगरमा उपप्रमुख संयोजक तथा नगर प्रवक्ता यामप्रसाद गुरागाईं, वडा सदस्यह? मैनाकुमारी राई लिम्बू, निर्मला विश्वकर्मा, प्राविधिक कृष्णप्रसाद कोइराला तथा सम्वन्धित वडाका वडाध्यक्ष अनुगमन् समितिको सदस्य रहने व्यवस्था छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes