पथरी खोलामा पुल शिलान्यास - Pahilo Online

पथरी खोलामा पुल शिलान्यास

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरीशनिश्चरे ७ को किर्तिपुर र कल्याणचोक जोड्ने पथरी खोलामा बन्ने पुलको शिलान्यास भएको छ ।

बुधबार एक कार्यक्रमबीच नगरपालिका प्रमुख दीलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष कपिलमणि ढकाल र स्थानीय समाजसेवी जहरमान लिम्बूले संयुक्त रुपमा पुल शिलान्यास गर्नुभएको हो ।

नगरपालिकाको ३५ लाख रुपैयाँ बजेटमा स्थानीय उपभोक्ताबाट ५ लाख ५० हजार रुपैयाँ संकलन गरी ४० लाख ५० हजार रुपैयाँको लागतमा १४ दशमलव ९ मिटर लम्वाई र ५ दशमलव ९ मिटर चौडाईको पुल निर्माण हुनेछ । सो ठाउँमा भाटाको पुल लगाएर दुःखले वारिपारी गर्नेहरुका लागि अब बन्ने पुलले सहजता प्रदान गर्ने नगरपालिकाको विश्वास छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes