ग्रेडेडमा ट्यालेन्ट हन्ट प्रतियोगिता - Pahilo Online

ग्रेडेडमा ट्यालेन्ट हन्ट प्रतियोगिता

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूलले आयोजना गरेको ग्रेडेड ट्यालेन्ट हन्ट प्रतियोगिता सम्पन्न भएको छ ।

स्कूल परिसरमा बुधबार ट्यालेन्ट हन्ट सम्पन्न भएको हो । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको यस प्रतियोगिताको नृत्यको तर्फको प्रथम सुप्रिया अधिकारी घोषित भइन् । उनले ८ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रथम भएकी हुन् । त्यस्तै द्वितीय प्राश्ना खड्का तथा तृतीय सुम्निमा आचार्य भइन् ।

गाायनतर्फको प्रथम भाग्यशाली पौडेल, द्धितीय सुप्रिया बस्नेत र तृतीय दिया फौदार घोषित भइन् । प्रतियोगिताको फाइनलमा नृत्यतर्फ ९ जना र गायनतर्फ ५ जना रहेको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्णायकहरुमा नृत्य निर्देशक समिक्षा कार्की, दिपेन्द्र श्रेष्ठ, गायक प्रवलदिप विश्वास, राजन राय रहेका थिए । प्रतियोगिताको कोरियाग्राफर मनोज राजवंशीले गरेका थिए ।

प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल सुवाल, भानु कला केन्द्रका अध्यक्ष माया खड्कालगायले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा स्कूलले अनुसाशित विद्यार्थी, बेस्ट मनिटर हुने विद्यार्थीहरुलाई समेत एवार्ड वितरण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes