सनम शाक्यको हत्यामा संलग्नलाई कारबाहीको माग - Pahilo Online

सनम शाक्यको हत्यामा संलग्नलाई कारबाहीको माग

writer

पहिलो अनलाइन

उर्लाबारी । मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा संलग्नहरुको छानविन गरी दोषीलाई कानुनी कार्वाही गर्न प्रशासनिक निकायहरुसँग सनम शाक्य हत्याका विरुद्ध गठित संघर्ष समितिले माग गरेको छ ।

मंगलबार सञ्चार क्लव नेपाल, उर्लाबारीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक कृष्ण प्रधानले कुनै पनि हालतमा दोषीले उन्मुक्ति पाउनु नहुने बताउनु भयो । प्रधानले भभन्नुभयो ‘सनम शाक्यको क्रुरतापुर्वक हत्या भएको छ, यसको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको सजाय हुनुपर्दछ ।’

प्राप्त सुचनाहरुको आधारमा उर्लाबारी – ७ घर भएका गोरे नामले चिनिने चुँडामणि उप्रेतिको मुख्य संग्लनतामा शाक्यको हत्या भएको संघर्ष समितिले जनाएको छ । परिवारले उप्रेतिका विरुद्ध गत फागुन २० गते नै जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जोहेरी दिइसकेको छ ।

उप्रेतिले हराएको ३३ केजी सुनका विषयमा लिएर शाक्यलाई बारम्बार धम्की दिने गरेको सनम निकटका स्रोतले बताएको छ । विदेश जाने तयारीमा रहेको सनमलाई काम नछोड्न पनि उप्रेतिले धम्की दिने गरेको सनमका काका धर्म शाक्यले बताउनु भयो । काम छोड्दा सुन तस्करीका विषयमा सुचना चुहिने डरले गर्दा सनमलाई निरन्तरताका उप्रेतिले दवाव दिएको पनि शाक्यले बताउनुभएको छ । मृत्य हुनुअघि सनमका शरीरमा निलडाम भेटिएकाले सनम माथी कुटपीट लगायतको यातना भएको हुनसक्ने पनि शाक्यले बताउनु भयो ।

गत फागुन १५ गते शाक्य अपहरणमा परेका थिए । प्रहरीले विराटनगरस्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शाक्यको शव फेला पारेको थियो । सुनको कारोबारमा संलग्न रहेको भनिएका मृतक शाक्यलाई फागुन १८ गते कुटपिटका साथै करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो ।

हत्यामा संलग्न भएको ठानिएका काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई जिल्ला प्रहरी कार्यालय मोरङले मुद्दा दर्ता गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes