जहाज दुर्घटनाका मृतकहरुप्रति विराटनगरमा श्रद्धाञ्जली - Pahilo Online

जहाज दुर्घटनाका मृतकहरुप्रति विराटनगरमा श्रद्धाञ्जली

writer

पहिलो अनलाइन

विराटनगर । युएस बंगाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दै विराटनगरका विभिन्न ६ वटा औषधी व्यवसायी तथा बिक्री प्रतिनिधि संघ संस्थाले मंगलबार साँझ मैनवत्ती बालेका छन् ।

नेपाल औषधी थोक ब्यवसायी संघ, नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ, नेपाल औषधी संञ्चालक संघ, नेपाल औषधीगत बिक्री प्रवन्धक संगठन, मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल र खाद्य, आयूर्वेद, पौष्टिक आहार तथा सौन्दर्य सामाग्री बिक्रेता संघका प्रतिनिधिले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय अगाडिको लायन्स चोकमा मैनवत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनीहरुले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनीहरूले जहाज दुर्घटनाको निष्पक्ष छानविन गरि मृतक स्वदेशी तथा विदेशि नागरिकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारकोलागि व्यवस्था मिलाउन सरकारलाई आग्रह समेत गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes