ट्रक दुर्घटनामा २ को मृत्यु - Pahilo Online

ट्रक दुर्घटनामा २ को मृत्यु

writer

पहिलो अनलाइन

धनकुटा । स्काभेटर बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना हुँदा मंगलबार धरान धनकुटा सडक खण्डमा २ जना सडक मजदुरको मृत्यु भएको भने ३ जना घाइते भएका छन् ।

मंगलबार बिहान धरानबाट धनकुटातर्फ आईरहेको ना ५ ख १९३६ नम्बरको ट्रक कोसी राजमार्गको घण्टे खोलाको पुलमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परी धनकुटा साँगुरीगढी गाउँपालिका ७ का अन्दाजी ५५ बर्षीया बीरबहादुर राई र अन्दाजी ४५ बर्षीया रामजितको निधन भएको छ । सडकमा काम गरिरेका उनीहरुको दुर्घटनाग्रस्त ट्रकले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनाको समयमा सडकमा काम गरिरहेका उनीहरुलाई दुर्घटनाग्रस्त ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परी रामेछाप मन्थली ७ का चालक दीपकुमार लामा, सहचालक मकवनपुर चन्द्रसरोवर २ निवासी सनम तामाङ्ग र ट्रकमा सवार काठमाडौ बाग्मती ६ का राजेश घिमिरे घाइते भएका छन् ।

गम्भीर घाइते उनीहरको धरान स्थित बिपी मेमोरियल स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes