हात्तीको बथान आएपछि त्रास - Pahilo Online

हात्तीको बथान आएपछि त्रास

writer

पहिलो अनलाइन

उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका ९ स्थित धाद्रामा आइतबार बिहानैदेखि ६ वटा हात्ती गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन् ।

हात्ती गाउँ पसेपछि अहिले सो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन बिभागका कर्मचारीहरुले हात्तीलाई जङ्गलतिर फर्काउने कोशिस गरिरहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिजुवाका सहायक प्रहरी निरीक्षक रामकाजी कटुवालका अनुसार बिहानै ६ बजेदेखि एकै स्थानमा बसिरहेको सो हात्ती भार तर्फबाट आएको हुनसक्ने अनुमान छ । हात्तीलाई पथरी जङ्गलतर्फ धपाउने प्रयास भइरहेको छ ।

हसन्दह र रतुवामाईस्थित अमरदहमा जंगली हात्तीले घर तथा अन्नवालीमा क्षति पु¥याएर आतंक सिर्जना गरिरहेको छ । हात्ती गाउँ पसेर क्षति पु¥याएको खबर आएपछि पथरीशनिश्चरे नगरपालिका प्रमुख दीलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इलाका प्रहरी पथरी प्रमुख विजय श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष जोगबहादुर धिमाल र ६ का अध्यक्ष जयवहादुर तामाङ सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

हात्तीको समूले वडा नम्बर ५ नम्वरको त्रिवेणी चोकका गोपाल तिम्सिनाको १० औं मन धान खाएर क्षति पु¥याएको छ भने गहुँवाली नष्ट गरेको छ । गुराँस टोलका मोतीराम शर्माको घरको टाटी भत्काएको र पुल्चोककी गीता निरौलाको घरको भित्तो र भान्साको छानो मर्काएको प्रहरीले जनाएको छ ।

हात्तीले दिउँसैदेखि खोलामा आएर वसेका र राती गाउँमा पसेर आतंक सिर्जना गरेका कारण गाउँलेहरु रातभरी जाग्राम बसेका थिए । हात्ती सोमबार पश्चिम कानेपोखरी गाउँपालिकाको सीमातर्फको डाँसखोलातिर लागेकोछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes