असिनाले तरकारी बालीमा क्षति - Pahilo Online

असिनाले तरकारी बालीमा क्षति

writer

पहिलो अनलाइन

धनकुटा । धनकुटाको छथर जोरपाटी क्षेत्रमा टिप्ने बेला भएको तरकारी बाली आइतबार साँझको असिनाले नष्ट गरेको छ ।  कृषकले टिपेर बिक्री गर्ने बेला भएको मटर र सागबाली क्षति हुँदा लाखौँ रुपैयाँको नोक्सानी भएको स्थानीय कृषकको भनाइ छ ।

असिनाले सागबाली र मटरबाली चुट्दा ५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको कृषकले बताएका छन् । जिल्लाका धनकुटा नगरपालिका– २ तथा छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ मा करिब आधा फिट जम्ने गरी परेको असिनाले लाखौँ रुपैयाँ बराबरको क्षति भएको कृषकहरुको भनाइ छ ।

धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको उक्त क्षेत्रमा रहेका करिब डेढ सय बढी कृषकको तरकारी बालीमा असिनाले क्षति भएको छ । कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन् । करिब ४०० रोपनीमा रहेको बारीमा पाकेको तरकारीमा क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कृषकको तरकारी बालीमा क्षति हुँदा लगानी माटोमा मिल्नुका साथै वर्ष दिनको कमाइ गुमाएका छन् । असिनाले तरकारी बालीमा क्षति पु¥याएको जानकारी भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes