हत्यामा संलग्न एक पक्राउ - Pahilo Online

हत्यामा संलग्न एक पक्राउ

writer

पहिलो अनलाइन

धरान  आफ्नो मोवाईल चोरेको झोंकमा आवेग थाम्न नसक्दा धरान ११ का ५२ वर्षीय ज्योती गुरुङको कुटाईबाट एक स्थानीय युवाको मृत्यु भएको छ ।

गुरुङको आक्रमणबाट घाइते भएका ३१ वर्षीय नविन तामाङको उपचारको क्रममा बीपी प्रतिष्ठानमा मृत्यु भएको परिवारले जनाएको छ ।

तामाङलाई गुरुङले फागुन १८ गते खाँबामा वाँधेर सिस्नो पानी हाली निर्घात कुटपिट गरेका थिए । धरान ११ को सयपत्री चौकमा गुरुङले छोरामाथि कुटपीट गरेको पीडित परिवारको भनाइ छ । मोवाइल चोरी गरेको भन्दै घरै अगाडिको खाँबा वाँधेर मरणासन्न हुनेगरी कुटपिट भएको बताइएको छ ।

कुटाई खाएका तामाङ फागुन १९ गतेदेखि सिकिस्त विरामी परेका थिए । विरामी भएपछि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । मृत्यु हुने तामाङले गुरुङको मोवाइल चोरी गरेर साथीलाई बिक्री गरेका थिए ।

तामाङको परिवारले आइतबार अपरान्ह इलाका प्रहरी कार्यालय धरानमा गुरुङ विरुद्ध उजुरी दिएका थिए । प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेलले उजुरीपछि गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes