सिहल सिमसार उद्घाटन - Pahilo Online

सिहल सिमसार उद्घाटन

writer

पहिलो अनलाइन

झोराहाट(मोरङ) । मोरङको ग्रामथान गाउँपालिका ६ मा सिहल सिमसार उद्घाटन गरिएको छ । जिल्ला वन कार्यलय मोरङका जिल्ला वन अधिकृत डा.बिनोदप्रसाद देवकोटाले सोमबार रिवन काटेर सिमसार उद्घाटन गर्नुभएको थियो ।

सिमसार विकास, प्रवद्र्धन र संरक्षणका लागि जिल्ला वन कार्यालयले गत जेठमा बृक्षारोपण गर्नका लागि निःशुल्क विरुवा, प्राविधिक सहयोग र १ लाख ८८ हजार रुपैयाँ अनुदान सहयोग गरेको थियो । अहिले सिमसार क्षेत्र व्यवस्थापनका लागि ४ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

सिमसार क्षेत्र उद्घाटन कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, राजनैतिक दलका प्रतिनिधि, बुढीगंगा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु, सदस्यहरु, ग्रामथान गाउँपालिकाका उपाध्यक्ष, वडाअध्यक्षहरु, सदस्यहरु संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

उद्घाटन कार्यक्रममा वक्ताहरुले सिमसार क्षेत्र निर्माण विकास र प्रवद्र्धनका लागि थप सहयोगको खाँचो रहेको बताए ।

बाबुराम मुडियारी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes