बेवारिसे अवस्थामा महिला फेला - Pahilo Online

बेवारिसे अवस्थामा महिला फेला

writer

लक्ष्मीमार्ग । मोरङको बेलवारी नगरपालिका १० स्थित भाउन्ने चोक उत्तर जंगलमा बेवारिसे अवस्थामा शनिबार विहान एक महिला फेला परेकी छन् ।

विहान दाउरा घाँस काट्न जाने महिलाहरुले ति महिलालाई फेला पारेका हुन् । अन्दाजी २५ वर्षीय महिला मुखबाट फिँज काडेर अचेत भएको अवस्थामा भेटिएकी हुन् ।

सुत्केरी बेथासमेत लागेकी ति महिलालाई भाउन्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बेलवारीको सहयोगमा उपचारको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्थान धरान लगिएको प्रहरी चौकी भाउन्नेका प्रमुख विवेकानन्द झाले बताउनुभयो । घर परिवारको ठेगाना जानकारी नभएकोले उनको उपचारमा समस्या भईरहेको प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes