मनोनीत तीन सांसदले सपथ लिए - Pahilo Online

मनोनीत तीन सांसदले सपथ लिए

writer

पहिलो अनलाइन

काठमाडौं । राष्ट्रियसभामा सरकारले मनोनयन गरेका तीन जना सांसदले सपथ लिएका छन् ।

अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष आज सपथ लिएका हुन् ।

यसअघि सर्बोच्च अदालतको अन्तरिम आदेशको कारण उनीहरुको सपथ रोकिएको थियो । सपथ रोक्ने अन्तरिम आदेशलाई सर्बोच्चले खारेज गरेपछि उनीहरुलाई सपथ गराउने बाटो खुलेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामामा सिफारिस गरेको नाम थन्क्याएर नयाँ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । रिटको अन्तिम किनारा लाग्न भने बाँकी छ ।

संसदको सपथ लिएपनि उनीहरुले राष्ट्रपति चुनावमा भोट हाल्न पाउने छैनन् । मतदाताहरुको अन्तिम नामावली प्रकाशन भइसकेको छ, जसमा उनीहरु छैनन् । यद्यपि, संघीय संसद् सचिवालयले सपथ लिएको जानकारी गराए बाधा अड्काउ फुकाउमार्फत मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes