महिला दिवसमा विभिन्न कार्यक्रम - Pahilo Online

महिला दिवसमा विभिन्न कार्यक्रम

writer

पहिलो अनलाइन

विराटनगर । १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा विराटनगरमा बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवश मूल समारोेह समितिले विराटनगरमा विहान प्रभातफेरीको आयोजना गरेको थियो ।

प्रभात फेरीपछि आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुदै १ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले महिलामाथि हेर्ने दृष्किोण तथा महिलामाथिको विभेद अझै पनि कायम रहेको बताउनुभयो । उहाँले महिलाहरु संवैधानिक हिसावले महत्वपुर्ण राजनीतिक पदमा पुगेपनि समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण भने परिवर्तन हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश उपसभामुख सरस्वती पोखरेलले महिलाको हकहितका लागि प्रदेश सरकारले ठोस नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले महिलामथिको विभेद अन्त्य गरी उनीहरुलाई राजनितिक मुलप्रभाहमा ल्याउन महानगरपालिकाले विभिन्न कार्यक्रम संचालनमा ल्याएको जानकारी दिनुभयो ।

कार्यक्रमा भानुकला केन्द्र विराटनगरकी अध्यक्ष माया पौडेललाई सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes