दुई सञ्चारकर्मी कुटिए - Pahilo Online

दुई सञ्चारकर्मी कुटिए

writer

पहिलो अनलाइन

इलाम । इलाम नगरपालिका–९ गोलबस्तीमा दुई सञ्चाचारकर्मीमाथि कुटपिट भएको छ । बुधबार राति एफएम बन्द गरेर कोठातर्फ जाँदै गरेका चियाबारी एफएमका बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई स्थानीय रविन मगरसहितको समूहले आक्रमण गरेको हो ।

कुटपिटबाट घाइते भएका पाठकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउको, हात र खुट्टामा चोट लागेको छ । प्रकाशको अवस्था सामान्य रहेको छ ।

घटनाको अनुसन्धान भइरहेको र कटुपिटमा संलग्न मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । गम्भीर घाइते पाठकलाई थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes