ओमनबाट ११ नेपालीको उद्धार - Pahilo Online

ओमनबाट ११ नेपालीको उद्धार

writer

पहिलो अनलाइन

अोमन ।  ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाली दूतावासले नेपाल फर्काएको छ । करार सम्झाता बमोजिमको सुविधा नपाएको कारणबाट दुःख पाएर उनीहरुले दूतावाससँग नेपाल फर्काइदिन आग्रह गरेका थिए ।

अनेस्टि ओभरसिज प्रा.लि.बाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो ।

उनीहरु काम गर्ने भनिएको कम्पनीबाट करिब १६५ किलोमिटर टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा रहेको थाहा पाएपछि दूतावासले उद्धार गरेको हो । समस्यामा परेका बाँकी ९ जना कामदारहरुको समस्या समाधान एवंम स्वदेश फिर्ताका लागि पनि दूतावासले प्रयास जारी राखेको जनाएको छ ।

पीडित नेपाली कामदारहरुलाई ओमनस्थित नेपाली समुदायले खान र बस्नको व्यवस्था गरेका थिए । साथै सम्बन्धित कम्पनीहरूलार्इ समेत कानून बमोजिम कारवाहीका लागि सम्वन्धित निकायहरूमा सिफारिस गरी पठाइएको दूतावासले जनाएको छ ।

नेपाल फर्किएका कामदारहरू 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes