आइटी बुट क्याम्प आयोजना हुने - Pahilo Online

आइटी बुट क्याम्प आयोजना हुने

writer

पहिलो अनलाइन

विराटनगर । आइटीको माग र विद्यार्थीहरुमा रहेको जिज्ञासा परिपूर्ति गर्न इनोभेट नेपाल ग्रुपले देशका बिभिन्न शहरमा आइटी बुट क्याम्प आयोजना गर्ने भएको छ ।

मार्च २६ देखि अप्रिल ०६ सम्म आइटी बुट क्याम्प काठमाडौँ, पोखरा, भरतपुर, धरान, बिराटनगर, इटहरी र बिर्तामोडमा आयोजना गर्न लागिएको हो ।

पूर्वमा पनि आइटीको आकर्षण बढ्दै गएको अवस्थामा कक्षा १२ अध्ययनरत विद्यार्थीको लागि प्रोग्रामिङ, साइबर सेकुरिटी, युआइ र युएक्ष सम्बन्धित एक दिने आइटी बुट क्याम्प सञ्चालन हुने भएको हो । बुट क्याम्पमा लागि आइटी क्षेत्रमा प्रतिष्ठित तथा राष्ट्रिय र अन्तराष्ट्रिय अनुभबप्राप्त प्रशिक्षकहरु सहभागी हुने आयोजकले जनाएको छ ।

पूर्वका विद्यार्थीका लागि उक्त क्याम्प इटहरीमा १३ चैतदेखि १५ चैतसम्म हुनेछ । चैत १५ गते झापा र विराटनगर, १७ गते इटहरी र १८ गते धरानका बिद्यार्थीको लागि क्याम्प आयोजना हुने बताइएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा इस्लिंग्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, मेरिल्याण्ड कलेज बिराटनगर, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।  यी सबै कलेजहरुमा बेलायतको विश्वबिद्यालयको बिआइटी र बिबिएको कक्षा सञ्चालन भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes