अस्पताल क्षेत्रलाई नमूना वस्ती बनाइने - Pahilo Online

अस्पताल क्षेत्रलाई नमूना वस्ती बनाइने

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरी शनिश्चरेस्थित पथरी स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्दै त्यस क्षेत्रलाई एकीकृत नमूना वस्तीका रुपमा विकास गर्ने पहल थालिएको छ ।

नगरको वडा नम्वर २ स्थित छयालिस विघेमा निर्माण सम्पन्न हुने क्रममा रहेको स्वास्थ्य चौकीको नयाँ भवनलाई २५ शैय्याको अस्पताल बनाउने प्रक्रिया थालिएको नगरपालिकाले जनाएको छ ।

अस्पताल क्षेत्र वरिपरीको २० विगाहा ४ कठ्ठा साढे ८ धुर जग्गाको वस्तीलाई नमूना वस्ती बनाउने योजनामा नगरपालिकाले नक्साङ्कन् थालेको छ । नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट बाँस्तोलाको अगुवाईमा अस्पतालका जग्गादाता सामेल भएर नक्साङ्कन गरिएको हो ।

नगरपालिकाका इन्जिनियर कृष्णप्रसाद कोइराला र अमिन सागर श्रेष्ठको टोलीले भवन उत्तरमा रहेको पूर्वपश्चिम बाटोको उत्तरतर्फको क्षेत्रको नापजाँच सकेको छ । पूर्वपश्चिम बाटोलाई ३० फिटको र अन्य भित्री बाटाहरु २० फुटको निर्माण गरिने गरिनेछ ।

स्थानीयले १० कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि स्वास्थ्य चौकी भवन निर्माण भएको हो । नगरपालिकाले सो क्षेत्रमा नमूना वस्ती निर्माणमा सघाउने वताएपछि अस्पतालका लागि थप साढे १३ कठ्ठा जग्गासमेत निःशुल्क उपलब्ध गराउन स्थानीय तयार भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes