अपाङ्गमैत्री भवन बनाउन माग - Pahilo Online

अपाङ्गमैत्री भवन बनाउन माग

writer

पहिलो अनलाइन

विराटनगर । अपाङगता भएका व्यक्तिहरुले आफ्नो लागि पहुँचयुक्त भौतिक संचरनाहरु अपाङ्गतामैत्री हुनेपर्ने माग राख्दै प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्र आङ्बोलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले विभिन्न मागसहितक ३ बुदे ज्ञापनपत्र बुझाएको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका २०६९ पूर्ण रुपमा कार्यान्वयनको माग गरिएको छ । यस्तै प्रदेश सरकारकाबाट ऐन कानुनहरु बनाउँदा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्था र अपाङगता क्षेत्रका विज्ञहरुको अनिवार्य सहभागिता गराउनु पर्ने पनि उनीहरुले माग गरेका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघका पूर्वाञ्चल संयोजक राम कार्कीले प्रदेश सरकारले बनाउने ऐन कानुनहरु बनाउँदा अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्था तथा ब्यक्तिहरुको राय तथा सुझाब लिन आग्रह गरेको बताउनुभयो । अभिभावक नभएका अपाङ्गता भएका ब्यक्तिहरु र फिजियोथेरापी तथा अन्य परामर्श सेवा प्रवाह आवश्यक रहेका ब्यक्तिहरुलाई अपाङ्गता पुनस्र्थापना केन्द्र तथा दिवा सेवाकेन्द्र सञ्चालन गर्न पनि उनीहरुले माग गरेका छन् ।

‘अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशका २०६९ स्वीकृत भएको छ,’ कार्कीले भन्नुभयो, ‘तर भौतिक संरचनाहरु अपाङ्गमैत्री नहुँदा जनजीवन कष्टकर बनेको छ ।’ अब बन्ने संरचनारु अपाङ्गतामैत्री हुनुपर्ने महासंघले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले अपाङ्गता भएका ब्यक्तिहरुको समस्या बुझेकोले समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes