मासियो टीएमजे क्षेत्रको पदमार्ग - Pahilo Online

मासियो टीएमजे क्षेत्रको पदमार्ग

writer

पहिलो अनलाइन

तेह्रथुम, २२ फागुन । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ ।

तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको गुफाबजार हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्ग मासेर सडक निर्माण गरिएको छ ।

सडक निर्माण भएपछि पदमार्ग भएर आउने पर्यटक प्रभावित भएका छन् । सडक विस्तारसँगै पर्यटकीय यो क्षेत्र ओझेलमा पर्न थालेको छ । नेपाल पर्यटन बोर्डले नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलमध्येमा सूचीकृत गरेको यो क्षेत्र यति बेला सडक विस्तारका कारण क्षतविक्षत भएको छ ।

गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टीएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिएको छ । यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मास्दा पर्यटन प्रभावित बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले बताउनुभयो ।

वर्षको ६ महिना कुमारी रहने टीएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर–गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरुप बनेको छ । यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् । एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण संकटमा परेको पदमार्गमा रहेको चौकीबजारका होटल व्यवसायी उदकुमार लोले बताउनुभयो ।

पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारी सञ्चालन हुन थालेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes