श्रीमतिको हत्या गर्ने पक्राउ - Pahilo Online

श्रीमतिको हत्या गर्ने पक्राउ

writer

पहिलो अनलाइन

पाँचथर, २२ फागुन।अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथरको फिदिमका एक व्यक्तिले आफ्नै श्रीमतिको हत्या गरी जमिनमुनी पुरेको खुलासा भएको छ ।

फिदिम नगरपालिका–३, सिलौटीका ४२ वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको अवस्थामा शव भेटिएको हो ।

गंगामाया १६ दिनदेखि बेपत्ता थिइन् । छिमेकीले आशंका गरी प्रहरीमा उजुरी दिएपछि उनका श्रीमान् डिकबहादुरलाई प्रहरीले पक्राउ गरेर केरकार गर्दा घटनाको रहश्य खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

डिकबहादुरले प्रहरीसमक्ष गंगामायाको आफैंले हत्या गरी घटना लुकाउन घर नजिकैको आलुबारीमा खाल्डो खनी गाडेको बयान दिएका छन् । प्रहरीका अनुसार टेकबहादुरले गत फागुन ५ गते राति सामान्य घरायसी विवादको क्रममा चिर्पट प्रहार गरी गंगामायाको हत्या गरेका थिए ।

डिकबहादुरले शव गाडेको ठाउँमा उत्खनन गर्दा टाउकोमा चोट लागेको अवस्थामा गंगामायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । अभियुक्तमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

गंगामाया र टेकबहादुरबीच सामान्य झगडा भएको रातदेखि गंगामाया बेपत्ता भएको भन्दै छिमेकीले प्रहरीमा खबर गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । उनीहरुको दुई छोरी र एक छोरा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes