काँग्रेस संसदीय दलमा देउवा निर्वाचित - Pahilo Online

काँग्रेस संसदीय दलमा देउवा निर्वाचित

writer

पहिलो अनलाइन

काठमाडौं, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा भारी मतसहित बिजयी हुनुभएको छ ।

सोमबार दलको नेता चयन गर्न भएको मतदानमा रामचन्द्र पौडेल पक्षधर उम्मेदवार प्रकाशमान सिंहले १९ मत पाउँदा देउवा ४४ मतसहित बिजी हुनुभएको हो ।

प्रतिनधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ६३ सांसद रहेको काँग्रेसमा सर्वसम्मत दलको नेता चयन गर्ने प्रयत्न भएपनि पौडेल पक्षले असहमति जनाएपछि मतदान भएको थियो । देउवाले पौडेल पक्षलाई दलको उपनेता लिन आग्रह गरेपनि सहमति नजुट्दा निर्वाचनभएको हो ।

गत मंसिर १० र २१ गते भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति देउवाकै कारण काँग्रेस उम्मेदवारहरुले हार खानुपरेको भन्दै पौडेल पक्षले देउवाले त्यसको जिम्मेवारी लिएर दलको नेता छाड्नुपर्ने अडान राखेको थियो । तर, देउवाले पौडेलपक्षको मागलाई वेवास्ता गर्दै दलको नेतामा उम्मेदवारी दिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes